Tuesday, January 26, 2010

Come together for the betterment of your life

छदा खादाको साथ र थात थलोको रमाईलो हात छोडेर प्रदेशिनु परेका नेपाली श्रमिकहरुको दमित ह्रदयमा गुम्फित भाब र भङ्गिमाका रेखाहरुलाई एउटा मीठो क्यानभास दिने प्रयन्तको सांझा प्रस्तुति हो श्रमिक ग्रुप। जीबनका सुन्दर र मोहक बयहरु परदेसका बिराना भूमिमा ब्यथित गर्न बाध्य नेपाली श्रमिकहरु भाग्यका बिबश बन्दीहरु होइनन् नयाँ नेपाल निर्माणका सुन्दर कर्मी र सहयात्री हुन् भन्ने सोच र खोजस्बरुप श्रमिक ग्रुपको अभ्युदय भएको हो। जाति, भाषा, भेष, लिङ्ग र भूगोल भन्दा परतिर रहेर हामी नेपाली साँझा जिन्दगीको सामूहिकता र भाबनात्मक एकात्मकताको निर्मल सन्देश र निर्देशबाट निर्देशित र संचालित हुन सक्छ भन्ने कुराको प्रमाणिकताको निम्ति हामी क्रियाशिल छौ।बिरानो भूमिमा संघर्षशील श्रमिकहरुलाई उत्पादक शक्तिको रुपमा रुपान्तरण गरेर आफ्नो स्बर्णीम भबिष्यको संसार आफू जस्तै आफन्तहरु( हामी श्रमिकहरुलाई आफन्तको रुपमा सम्बोधन गर्दछौ)सँगको साँझेदारीमा निर्माण गर्ने साँझा प्रयन्तस्वरुप श्रमिक ग्रुपले केहि परियोजनाहरुलाई कार्यन्बयनमा ल्याईसकेको छ। कतारबासी श्रमिक साथीहरुको अकट प्रयन्त र लगातारको संघर्ष पश्चात यस सोचले ब्यबहारिक धरातल प्राप्त गरेको हो। यस प्रकृतिको सोच र खोजको चिन्तक भनेर दोहामा कार्यरत् तारा मंगोलज्यूलाई सम्बोधित गर्दा अन्यथा हुदैन। तथापी यसमा सारा उहाका सहकर्मी साथीहरुको जोश र होशको उतिकै हात रहेको कुरामा दुई मत छैन्। काठमाण्डौमा नेपाल अधिराज्यभर कार्यक्षेत्रलाई बिस्तारित गरेर संचालित सर्बगुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्रमिक रेमिट कम्पनी श्रमिक ग्रुप अन्तर्गत संचालित कम्पनीहरु हुन्। काठमाण्डौ मातातीर्थ गाबिसमा २ रोपनी जग्गामा हालै श्रमिक मसरुम फार्म संचालनमा ल्याएको छ। यस फार्मको अगुवाई कतारमा कार्य गरि फर्कि आएका मित्र धर्मराज महर्जनले गर्नु भएको छ। श्रमिक रेमिटको एडमिन कतारबाट हालै फिर्नु भएका स्वंयबरसिह लामाले हेर्नु भएको छ। डेभलपमेन्ट बैक, स्टेप इनभेष्टमेन्ट फण्ड, श्रमिक हस्पिटल यस श्रमिक ग्रुपको आगामी योजना हुन्। श्रमिकलाई मालिकमा रुपान्तरण गर्ने स्वप्नको यो साँझा यात्रा तपाईहरुको साथ, सहभागिता र समर्थन बिना किमार्थ जारी हुन सक्दैन। आउनुहोस यस पाबन पथमा हामी सबैले हातेमालो गरौ। सबैको जय होस्। जय श्रमिक।

1 comment:

Ram Bahadur Lama said...

It is a very inspirable site to get more inspiraion and dedication for the betterment of life.