Saturday, April 17, 2010

नँया शुरुवातको सूत्रपात

नेपाली अर्थतन्त्रको सञ्जीबनी शक्तिका रुपमा आफ्नो भूमिका र उपदायिता प्रमाणित गरेको रेमिट्यान्स क्षेत्रको महत्त्व र औचित्यलाई सार्थक परिणाम तर्फ प्रबाह गर्ने कार्यमा सरकार र निजी क्षेत्रको गति प्रति सरोकारवालाहरु निराश छन्। योजनाका पुलिन्दाभित्र कैद कार्यक्रम हेरेर आप्रबासी नेपाली श्रमिकहरुले कति समयसम्म धैर्यका बाधहरु बाधी राख्नै? नेपाली अर्थतन्त्रको स्वाधिन चरित्रको बिकास तर्फ हाम्रा योजनाबिद् र नेताहरुको प्रमुख प्रार्थमिकता कहिले प्रस्तुत हुने? यी अंह सबालबाट बेष्ठित मुद्धा र बिषयप्रति हामी सबैको ध्यान र चिन्ता परिलक्षित हुनै पर्दछ। किनभने यस बिषयको केन्द्रबिन्दुमा नेपालको भबिष्य र भूमिका निहित रहेका छन्। यस सन्दर्भवाट प्रेरित रहेर र IT IS BETTER TO LIGHT A SINGLE CANDLE THAN TO CURSE THE DARKNESS भन्ने अंग्रेजी भनाईबाट प्रभाबित रहेर कतारबाट अभ्युदय भएको श्रमिक ग्रुपले श्रमिक रेमिट कम्पनी, सर्बगुण वचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्टेप मार्फत रेमिट्यान्सको बचतलाई उत्पादक शक्तिको रुपमा रुपान्तरण गरेर आप्रबासी श्रमिकहरुलाई मालिक बनाउने अभियानको शुभारम्भ गरेको छ। नेपाली अर्थतन्त्रको प्रर्तिष्पर्धी चरित्र र क्षमतालाई आधार मानेर श्रमिक ग्रुपले एकिकृत कृषि फार्मको परियोजनालाई संचालनको संघारमा उभ्याएको छ। बहुउद्धेश्यीय सो कृषि फार्मबाट सार्गजनिक- निजी साँझेदारीको अबधारणामानै मौलिक नमूना र उदाहरण प्रस्तुत गरेको छ। करिब १००० जना प्रबासी नेपलीलाई लगानीकर्ताको रुपमा यस योजनामा समेटिएका छन्। नेपाल र चीन, कोरियाको बित्तिय संस्थाहरुले यस परियोजनमा आफ्नो संलग्नता प्रस्तुत गर्ने कार्यमा चासो ब्यक्त गरेका छन्। स्थानिय १०० जना बासिन्दाहरुलाई प्रत्यक्ष रोजगार सिर्जना गर्ने यस परियोजनाप्रति श्रमिक ग्रुप निकै आशाबादी रहेको कुरा श्रमिक रेमिटका ग्लोबल प्रिसिडेन्ट श्री तारा मंगोल बताउनु हुन्छ।

1 comment:

Ram Bahadur Lama said...

Well done.I am heartly expressing my congratulation to you for the new step toward betterment of migrant worker life.Go ahead without having any confusion.We are always with you.