Tuesday, June 28, 2011

Death of Kyodoin Part2

यस्ता द्धिबिधा एउटा आमा जसले भर्खर आफ्नो प्रिय सन्तान गुमाएका छन्। उनका निम्ति यस प्रकाका प्रतिकृया स्वभाबिकै थियो। बुद्ध स्वभाब र एउटी आमाकी रुपमा मानब स्वभाब बीचको एउटा अन्तर युद्ध थियो यो। सोज्यूशिनइन सामाले " The Weeding of Faith" मा यस द्धन्द्धलाई उल्लेख गर्नु भएको छ। मृत्युको मुखमा पुगेको प्यारा सुपुत्रलाई आफ्नो हत्केलामा समाईरहेको छ। र अनबरतरुपमा आफ्नो मुखारबिन्दबाट अचला सन्मुख प्रार्थना गर्दैछ। एउटी आमाको ईच्छा र बुद्ध प्रति आफ्नो बिश्वास बीचको संघर्ष। अन्तत उहा दिमागको उच्च स्तरमा पुग्नु भयो।
सोज्यूसिनइन सामाद्धारा लिखित " आस्थाको कमजोर ब्यक्ति"
चीबुनको झोलुङगो रहेको कोठामा मैले प्रार्थना र ध्यान गरे। मैले नकारात्मक आध्यात्मिक शक्ति भारी बाधाहरुलाई बोकीरहेका थिए। त्यही बेला मैले आफ्नो छोराप्रति गहिरो ममताको अनुभब गरे। ती नकारात्मक शक्तिहरु प्रति भयंकर घृणा पलाएको अनुभब गरे। हाम्रा अपूरणीय पहिलो सुपुत्र र ती घृणित आध्यात्मिक शक्तिहरुको मिश्रणलाई एकसाथ मैले काखमा राखे। बताउनै नसकिने उदासिनता र चिन्ताबाट म भरिपूर्ण भए। र चोटले मेरो मुटुलाई छिया छिया बनायो र गहिरो बिनम्रताका साथ अचलाको दया र मुक्तिको मन्त्रलाई मैले बाचन गरे। सबै प्रकारका कष्टहरुबाट सबैलाई मुक्त तुल्याउनुहोस भनेर प्रार्थना गरे। १९३५ को डिसेम्बर महिनामा भगबान बुद्ध मूर्तिको प्रतिष्ठापन गरेको ४ महिना पश्चात क्योश्यूसामा " तीन गोप्य" अभ्यासमा आफूलाई समर्पित तुल्याए। ज्ञान प्राप्तिका निम्ति र अरुहरुलाई सम्प्रेषण गर्नका निम्ति। तथापी हाम्रा ब्ययक्तिक मामिलाहरुका बारेमा उहालाई बाधा पुरयाउन चाहदिन थिए। एक रात भक्तजनहरु गई सकेपछि मैले उहालाई क्योदोईनको निम्ति " पाँच बिध्या राजा " को होमा सम्पन्न गर्न अनुरोध गरे। जुन ८ को मध्यरातमा होमाको समाप्ति पछि क्योश्यूसामाले मलाई ईशाराले बोलाउनु भयो। उहाले बिस्तारै उहाको पाखुरामा क्योदोईनलाई लिनु भयो। र चिबुनको अनुहारमा एकटकले हेरिरहनु भयो। त्यो गहिरो भाबलाई म बताउन सक्छु। क्योश्यूसामा कराई रहनु भएको थियो। उहालाई थाहा भएको हुनु पर्दछ यो क्योदोईनको अन्तिम क्षण थियो। आफ्नो कष्टलाई सम्भाल्नका निम्ति असफल प्रयास गर्दै उहाले यी शब्दहरु भन्नु भयो।
" बुद्ध मन्त्रको प्रत्येक पक्तिहरुमा बिशाल गुण निहित रहेको छ। कान-मान मन्त्रको पक्तिले अनन्त र सीमाहिन गुणलाई निहित तुल्याएको छ। आशुले मधुर भएका आँखासहित ह्रदय कारुणिक दु:खमा परिणत हुन्छ। अचलाको मूहारलाई हेर्नुहोस। उहाले हामीहरुलाई कडाईसँग मार्गनिर्देशन गर्नु हुन्छ। जब हामी हाम्रा कष्टहरुमा बिलौना गरिरहेका हुन्छौ। दया र माया बुद्धको अन्तरंगमा समाबिष्ट हुन्छ। एउटा समर्पित पिताको माया जस्तो। बताउनै नसकिने र सीमाहिन।"
शुरुमा क्योश्यू सामा आशुको बर्षामा निस्सासिनु भयो। बिस्तारै उहाको आबाज शान्त भयो। जसै मेरो गालाले क्योदोईनको गालालाई स्पर्श गरयौ। आशुले मेरो मुहार ढाक्यो। म काप्न थाले। क्योश्यू सामा होमाको आसनबाट ओर्लनु भयो। मेरो सामुन्ने रहनु भयो। क्योदोईनलाई एकटकले हेर्नु भयो। क्योदोईन कष्टपूर्बक श्वास फेरिरहनु भएको थियो। मेरो नाम पूकार्दै क्योश्यूसामाले भन्नु भयो। " भगबान बुद्ध जसप्रति तिमी अगाध बिश्वास राख्छौ। तिमीसित उहाले दु:ख मान्नु भएको छ र कराउनु भएको छ। आफूलाई शान्त पार्नै कोशिस गर र बुद्धको मूहारलाई नियाल। हेर कसरी उहाले आफ्नै आशुलाई पछाडि राख्नु भएको छ। र तिम्रो निम्ति शुद्ध प्रेमका साथ गुनासो गर्नु भएको छ। बुद्धको अभिभाबकीय ह्रदय सोचोरुपमा महान छन्। हाम्रो टुक्रिएको ह्रदयको गहिराईबाट हामी बाहिर निस्कौ। प्रार्थना गरौ र सबै जनाले सहायताका पाउन मुक्त होउन भनेर। मन्त्र बिनम्रताको बोली हो। अहिले हामी कृपया शान्त होऔ। मन्त्रहरु जप गर्नु होस जस्ले हाम्रो बिनम्र ह्रदयलाई सल्बालउदै अगाडि बढाउछ। हाम्रो पीडालाई शान्त नपारुन्जेल र बुद्धमा सद् बिश्वास जागृत नहुन्जेल सम्म प्रार्थना गर्नुहोस।"

No comments: