Thursday, June 30, 2011

Memoria day of Shindoin sama

श्रद्रा अर्पणका समर्पित शब्दहरु-----------शिन्दोईन सामाका स्मृति दिबश


शिन्दोईन सामाको जन्म।


हाम्रो दोश्रो सुपुत्र शिन्दोईन अप्रिल ८, १९३७ मा क्योदोईन सामाको मृत्यु भएको १ बर्ष पश्चात जन्मनु भएको थियो। १९३६ र ३७ को हिउदे याममा शोज्यूशिनइन सामा गर्भबती थिईन तापनि उहाले नियमिततापूर्बक जल स्नान बिधि कठ्याङग्रिदो बिहान र चीसो साँझ मा पनि चालू राखिन। उहाको सहायताले मैले आफ्नो तालिममा निक्कै ठूलो मद्धत पाए। एक दिनको कुरा हो शोज्यूशिनइन सामा प्रसब बेदनाकी निकट संघारमा थिइन। मिटाका शहरकी नहिकै रहने एक जना महिला अनुयायी रातो र सेतो रेशमी रंगको बिछ्यौना लिएर हाम्रो घरमा आईन। र हामीहरुलाई उहाले भनिन् " एउटा बालक यो घरमा अप्रिल ८ मा जन्मिनेछ। सो बालकलाई अरु साधरण बालक सरी नहुर्काउनु होला। एउटा बुद्धको रुपमा सो बालक यस धरतीमा अबतरित हुनेछन्। उहालाई साधरण बिछ्यौनामा नराख्नु होला बिशेष प्रकारको बिछयौनामा राख्नु होला।" हामी उहाको प्रतिकृयाबाट आश्चर्यचकित भयौ। जसै उहाको भनाई अनुसार अप्रिल ८ मा शिन्दोईन सामाको जन्म भयो। ठीक त्यही दिन जुन दिन जापानमा शाक्यमुनी भगबान बुद्धको जन्म जयन्ती मनाईन्छ। पछि पनि सो महिला हाम्रो घरमा आईन र एउटा सुन्दर किमोनो शिन्दोईन सामाको लागि ल्याईदिईन। ती महिलाले हामीलाई भनिन। यो किमोनो उहाले आध्यात्मिक संसारको बिशेष प्रकारको निर्देशन अनुसार यो बालकको लागि तयार पारेको हो। र ती महिलाले हामीले दोहोरयाएर सम्झाईराखिन" स्थानिय मन्दिरमा पहिलो पटक यो बालकलाई लादा यो पोशाक लगाएर जानु होला। र पालकीमा राखेर समारोह सहित प्रबेश गराउनु होला। यसो भन्दा उनी दम्भपूर्ण पनि लाख्थिन। आध्यात्मिक संसार प्रति क्षमायाचना गर्दे हामीले ती महिलाको अनुरोधलाई संशोधन गरेर सामान्य प्रकारले स्थानिय मन्दिरको भ्रमण गरायौ। तथापि मन्दिरको भ्रमण गरे पश्चात शिन्दोईन सामा बिरामी परेर थला परे। अपचको कारणले उनी एदकमै पिलन्धरे र लुरे देखिन्थे। जसै म अचला देबताको सन्मुख ध्यानस्थ भए, मैले एउटा दृश्य प्राप्त गरे। सो दृश्यमा अचलाको बन्धित पर्दाको द्धार बिस्तारै खुल्दै आएको र एउटा सम्मानिय पुजारीको पुजनीय पदापर्ण भएको घटना चित्रित देखिन्थ्यो। र बिस्तारै सो सम्नानिय पुजारी शिन्दोईन सामाको ओछ्यान नजिक पुग्यो र आमा नजिक शान्तपूर्बक निदाएको शिन्दोईन सामाको छातीमा पुगेर बिलायो। यसरी मैले जब हाम्रा घरमा पहिलानै आएको पाहुनाले ब्यक्त गरेका भनाईको सत्यतालाई महशूस गरे।त्यस पश्चात कुरालाई मनन गरे। आमा र बालक दुबैको गिर्दो स्वास्थ्यमा सुधार देखा परयो र उहाहरु दुबै जना पूर्णरुपमा स्वस्थ हुनु भयो।


आध्यात्मिक संकायको स्याहार संभार


शिन्दोईन सामा जन्म देखिनै कमजोर बच्चा थियो। उहा बिरामीबाट शुरुदेखिनै गलित हुनुहुन्थ्यो। तर पिठ्युको जोर्नीमा देखा परेको रोगले उहा ज्यादा पीडित थिए। जसको कारणले उहाको एउटा खुट्टा बाल्याबस्थादेखिनै कमजोर थियो जसको कारणले उहा आफ्नो बाँकी जीबन एउटा टेकोको सहाराले हिड्नु भयो। शिन्दोईन नर्सहरु सँग यसो भनेर रमाउनु हुन्थ्यो।" म सँग सबै प्रकारका डाक्टरहरु छन् सिबाया प्रसूति डाक्टर बाहेक।" यो कुरा उहाले १९५२ मा जुनटेन्डो अस्पतालमा भन्नु भएको हो जुन बेला उहा मूत्युको सन्मुख पुग्न लाग्नु भएको थियो। यस बाट के कुराको प्रभाब दर्शिनथ्यो भने शिन्दोईन सामाको एउटा सक्रिय जीबन करिब करिब अन्तिम चरणमा पुग्दै थियो। तथापी यही कुरा मात्र सम्पूर्णरुपमा सत्य थिएन। उहा १० बर्षको कलिलो उमेरमा पनि आध्यात्मिक मार्गनिर्देशक बन्नु भयो। एउटा बालकको रुपमा निहित क्षमताभन्दा पनि बाहिर रहेर
मन्दिर कर्मचारी र बाहिरका मानिसहरु दुबैलाई पनि उहाले मार्गनिर्देश गर्नु भयो। आफ्नो उमेर र शारीरिक अबस्थाको बाबजुत पनि शिन्दोईन सामाले आफ्नो बिशेष उपहारहरु प्रर्दशन गर्नु भयो। जब उहा हुर्किदै जानु भयो, उहाले बिनम्रतापूर्बक रुपबान सेस्सिनमा सिकेका कुराहरु दैनिक जीबनको रुपबिहिन सेस्सिनमा प्रयोग गर्नु भयो। मात्र १५ बर्षको उमेरमा उहाले नियाल्नु भयो।
एउटा मैनबत्ती स्वंयले मानिसहरुलाई उज्यालो दिन्छ।
भगबान बुद्धले तपाईको सम्पूर्ण कष्टहरु र आनन्दहरु साट्फेर गर्दछन्।
यो ठीकै छ यदि म सन्चो भइन भने पनि यद्यपी एउटा अर्को मान्छे आफ्ना सम्पूर्ण कष्टहरुबाट पूर्ण मुक्त भयो जसले मलाई सबैभन्दा खुशी तुल्याउछ।
संघ कति ठूलो छ भन्ने आकारको दृष्टिले होईन धेरै भन्दा धेरै मानिसहरुले कष्टहरुबाट त्राण पाएको देख्न पाए भने मात्र यस कुराले मलाई धेरै खुशी तुल्याउछ।
शिन्दोईन सामाले निम्नानुसारको एउटा कबिता पनि लेख्नु भएको छ। जुन बेला उहा प्राथमिक बिद्यालयको कक्षा ४ मा पढनु हुन्थ्यो।
" चेरी फूलका कोपिलाहरु सुन्दर र सुगन्धित छन्।
हरेक अप्रिलमा यिनीहरु आनन्दसँग फूल्छन्।
फूलेका चेरीले हामीलाई खुशी तुल्याउछन्। र मन्द हावाका कम्पनमा आफ्नो पखेटाहरु चलाउछन्। जसै हामी नागावा खोलामा नौका बिहार गर्दछौ चेरी फूल्छन। जसले हामीलाई आनन्दित तुल्याउछ।"
शिन्दोईनले उल्लेखनिय अन्तरका यी स्मृतिहरु प्रर्दशन गर्नु भयो तथापी यस प्रकारबाट उहाले देख्नु भएको सुन्दर तर चाडै ओइलाउने चेरी फूलहरु जस्तो गरेर। उहाले यी दुबै फर्किदो र ओइलिदो चेरीको फूल जस्तो कुरालाई दर्शाउनु भयो जसलाई रिबुराइस भनिन्छ।

अथवा भगबान बुद्धले हामीहरुको निम्ति प्रदान गर्नु भएको संकेतहरु हुन्। आफ्नो लागि भन्दा पनि शिन्दोईन सामाले पहिलानै सबैजना खुशी होउन भन्ने आफ्नो सदिच्छा प्रर्दशन गर्नु भयो। उहाको गिर्दो स्वास्थ्य केबल शारीरिक मात्र थिएन। मैले बिश्वाश गरे कि जसै उहा बढदै जानु हुन्थ्यो उहाले झन अनुयायीहरुको कठिनाई र कर्मिय कष्टहरु लिनु हुन्थ्यो।उहा अचलाको शक्तिको अनुयायी हुनु भयो र शोज्यूशिनईन सामाबाट १९४७ को मध्य अप्रिलमा आध्यात्मिक संकायको पराम्परागत उत्तराधिकारी ग्रहण गर्नु भयो। जुन बेला उहा केबल दश बर्षको हुनु हुन्थ्यो। उहाको उत्तराधिकारीको ग्रहणको समारोहको बेला ३६ जना शिष्यहरुले आध्यात्मिक मार्गनिर्देशकको माध्यमबाट सञ्चार गर्नु भयो र उहाहरुको संरक्षण शिन्दोईन सामाप्रति प्रर्दशन गर्नु भयो। जसै ती प्रत्येक ३६ शिष्यहरुले प्रर्दशन गर्दै थियो, मैले एउटा सुन्दर सांगीतिक गुञ्जनको प्रतिध्वनिहरु दिब्य लोकबाट सुने। त्यस बखतनै एउटा अचम्मको सुगन्ध हलभरिनै फैलियो। मानौ हाम्रो ध्यानस्थ तालिमको स्थलनै बुद्ध भूमिको रुपमा रुपान्तरित भएको छ। शिन्दोईन सामाले समेत दिब्य लोकका अस्तित्त्वहरुले नाचेको, खेलेको देखे र सुन्दर संगीत सुने।
शिन्दोईन सामाको मृत्यु
शिन्दोईन सामा जुलाई २, १९५२ मा मात्र १५ बर्षको उमेरमा बित्नु भयो। उहा पहिलो पटक फेब्रुअरी १९४९ मा जुनटेन्डो अस्पिटलमा भर्ना हुनु भयो। पिठ्यूको जोर्नी सुक्ने रोगबाट। १ महिना पश्चात हस्पिटलबाट बाहिरिनु भयो। त्यही बर्षको अगष्टतिर धर्म संकट देखा परयो। जब बिद्यालय जान थाल्नु भयो सहपाठीहरुबाट अनेकन प्रकारका शाब्दिक आक्षेपहरु ब्योहर्नु परयो। त्यस बखत उहा आफ्ना बिरामीबाट लगभग मुक्त भैसक्नु भएको थियो। तर लगतै सामान्य प्रकारको चीसोले उहा थलिनु भयो र पुन जुलाई १६, १९५१ मा हस्पिटलमा भर्ना हुनु भयो। उहा अनेकन समस्याहरुबाट पीडित हुनु भयो जुलाई २ मा मृत्यु हुनु भन्दा अघि सम्म। शिन्दोईन सामाले आफ्नो जीबनको अन्तिम अबस्था सम्म धेरै मानिसहरुलाई मार्गनिर्दैशन गर्नु भयो, सिकाउनु भयो। एउटी नर्सले आफ्नो भनाई यसरी ब्यक्त गर्नु भएको थियो। " मैले यस्तो बिरामी कहिल्यै देखेकी छुइन जो डाक्टरका निर्देशनलाई राम्ररी पालना गर्दछन्। उहाले कहिल्यै धन्यबाद भन्न छोड्नु भएन चाहे त्यो निर्देशन पालना गर्दा जतिसुकै पीडादायक रहोस्। उहाले भगबान बुद्धका ह्रदयलाई हर्दम जाहेर गर्न भयो। यो जो कोहिले गर्न सक्ने सामान्य कुरा होईन।"एकजना अनुयायी जो प्रायश शिन्दोईन सामालाई भेटन आईरहनु हुन्थ्यो। उहाले समेत यसरी सम्झनु भएको छ।" जब म उहाकहामा पुग्थे उहा मुस्कानसहित आरामदायक शब्दहरु सहित मलाई स्वागत गर्नु हुन्थ्यो। तथापी मैले उहामा त्यस्तो कुनै आरामीको संकेत पाईन।"
उहाको ठूली दिदी यसरी सम्झनु हुन्छ।" मेरी भाई यूची कुरा गर्नलाई अतिनै रमाईलो ब्यक्ति हुनुहुन्थ्यो। उहा एकदमै बुद्धिमानी हुनु हुन्थ्यो। र उहाले अनेकन कुरामा मलाई

सल्लाह दिनु हुन्थ्यो यद्यपी उहा म भन्दा कान्छो थिए। जुन ९ चिबुनको स्मृति दिबशको बेलामा मेरी आमा र म हस्पिटलमा उहालाई सम्भाल्दै उहाको पालो लिदै थियौ। जसै मेरो पालो आयो यूचीले मलाई सोध्यो। " बहिनी के म असल छोरो हु र?" मैले जबाफ दिए। बास्तबमा तपाई असल छोरो हो र दयालु र भद्र पनि। यूचीले जबाफ दिए। " तर म अहिले बिरामी छु र मेरो अभिभाबकहरुको मार्ग मैले लिएको छु जब उहाहरु मानिसहरुलाई मद्धत पुरयाउने कोशिस गरिरहनु भएको छ।" त्यसपछि उहाले आफ्नो दाई चिबुन प्रति क्षमाप्रार्थि भएको कुरा भन्नु भयो र दुबै हात एकसाथ जोडेर गोरेज्यू मन्त्र बाचन गर्नु भयो। त्यसपछि मैले के अनुभब गरे बर्णन गर्न सक्दिन। यो मानौ निभ्दो बत्तिले अन्तिम पटक चम्केर उज्योलो दिएको जस्तो थियो। तथापी यूची मृत्यको सन्मुखमा सवार थियो। उहामा अझै आफ्ना अभिभाबहरुको समर्पित प्रयन्तहरुप्रति बाधा पुग्न सक्ला भन्ने सम्भाबनाहरुप्रति नियमितरुपमा चिन्तित हुनुहुन्थ्यो। उहाको उदाहरण अनुहारमा हेरेर मैले आफैलाई यस प्रश्न सोधेर सहयोग पुरयाउन सक्तिन्। " मेरो बारेमा के सोच्नु भएको छ? मे म तपाईको सम्मानिय दिदी हुला र?" एउटा मन्दिर कर्मचारी जुन १० मा गरेको हस्पिटल भ्रमणको संझना यसरी ब्यक्त गर्नु हुन्छ। " त्यस दिन म क्योश्यूसामाको साथ लागेर हस्पिटल गएको थिए। र शिन्दोईन सामालाई मैले सोधे " तपाईलाई कस्तो छ?" धन्यबाद। मैले राम्रो छ। उहाले भन्नु भयो। त्यस पश्चात उहाले मलाई सोध्नु भयो। श्रीमान् ओकुबो तपाईलाई के कुराले सबै भन्दा खुशी तु्ल्याउछ? " म कामना गर्दछु तपाई चाडै घर फर्कनु होस र हामी सबै एकसाथ भोजन गर्न सक्कौ। यस कुराले नै मलाई सबै भन्दा खुशी तुल्याउछ। उहाले पुन सोध्नु भयो। यो बाहेक अरु के कुराले तपाईलाई खुशी तुल्याउछ। मैले जबाफ दिए। हाम्रो संघ फैलिएको देख्न पाउदा ज्यादा खुशी हुनेछु। शिन्दोईन सामा गम्भिर हुदै भन्नु भयो।" म घर पुन जान सक्षम हुदिन होला तर संघ आकारमा कति ठूलो भयो भन्ने कुरा देख्नु भन्दा संभब भए सम्म धेरै मानिसहरुले कष्टहरुबाट मुक्त पाएक हेर्न पाए भने धेरै खुशी हुनेछु।" उहाको शब्दहरुले मेरो श्वासलाई टाढा पुरयायो। जब मैले पछाडि हेरे मैले सोचे उहाले यस अघिनै आफूलाई मृत्यू सन्मुख पुरयाउन तयार भैसक्नु भएको थियो।" जुन १८ मा शोज्यूशिनईन सामाले आफ्ना बिमारी सुपुत्रसँग गफ गर्नु भयो मानौ उहासँग तर्क गर्दे हुनुहुन्छ।" यूची तपाई अब चिबुन रहेको स्थानतिर जादै हुनुहुन्छ। तपाई अचला जहा हुनुहुन्छ त्यस तर्फ फर्किदै हुनुहुन्छ। तपाई अप्रिल ८ मा जन्मियौ। शाक्यमुनी भगबान बुद्धसँग एकसाथको जन्मदिन मनाउन। तपाईले बुझ्नु भयो। सायद बुझ्नु भएन पनि होला। शिन्दोईन सामाले कुनै प्रतिकृया दिन सक्नु भएन। तर बिश्व-सम्मानित भगबान बुद्ध सँगै आफ्नो जन्मदिन मनाउन पाएकोमा खुशीका अनुभूतिहरु सङ्गाल्नु भयो। उहालाई आफ्नो मृत्यू बारे प्रष्ट चेतना थियो। यस्तो लाग्थ्यो मानौ आफ्नी आमाको यी शब्दहरु सुन्न मात्र उहा पर्खिरहनु भएको थियो। जुन २८ मा

शिन्दोईन सामाको अबस्था झन नाजुक हुदै गयो। जसै साँझको होमा समाप्त भयो। म हस्पिटल तर्फ दौडे। त्यस बेला हस्पिटलमा बिजुली थिएन। त्यसैले मैनबत्ती शिन्दोईनसामाको ओछ्यान नजिकै राखे। शोज्यूशिनईन सामाले पछि यस बारेमा लेख्नु भएको छ।" मैनबत्तीलाई हेर्दा मलाई महापरिनिर्माणा सूत्रको यो पंक्ति कँडारुपमा सम्झना आयो। " एउटा झिलीमिली मैनबत्ति आफू स्वंय भने हरेक क्षण पग्लिदै वरपर रहेकाहरुलाई प्रत्येक क्षण उज्यालो प्रदान गर्दछ।" यूचीको शरिर अब चाडैनै जानेछन्। तर उस्को आत्मा निश्चयनै क्योदोईनसँग जोडिनेछन्। र उहाहरु धर्म रक्षकहरुसँगनै एकसाथ यस संसारमा रहेका मानिसहरुको मार्गनिर्देशकको रुपमा कार्य गर्नेछन्। यो नै भगबान बुद्धले उहाहरुलाई दिएको लक्ष्य हो।यो म आफूलाई भनेको हो। तर आध्यात्मिक खोजीको मध्य चरणमा दुबै सुपुत्र गुमाउनुको अनुभब साच्चिनै सहनको लागि सारैनै कठिन थियो। एक शब्द बोल्न पनि नसकी क्योश्यूसामा र म रातभर छोराको नजिक जागा रहयौ। जुन छोरा अब धेरै जाग्रृत हुने छैन्।" जुलाई १ मा धार्मिक संस्थाको रुपमा शिन्योएनको निबेदन शिक्षा मन्त्रालयबाट स्बीकृत भयो। यो कुरा शिन्दोईन सामाको लागि ठूलो चासोको बिषय रहेको थियो। जब हामी उसलाई यो समाचार सुनाउन गयौ हामीले मानौ उहाले आफ्नो देह छोडिसक्नु भएको पायौ। शिन्दोईन गहिरो निद्रामा मग्न हुनुहुन्थ्यो। भोलि पल्ट जुलाई २ मा शिन्दोईन सामाले आफ्नो अन्तिम श्वास फेर्नु भयो। आफ्ना चोटहरुलाई दबाउदै शोज्यूशिनईन सामाले आफ्नो सुपुत्रको अन्तिम क्षणमा भन्नु भएको थियो।" यूची तपाई महान हुनुहुन्छ। तपाई आफ्नो जेष्ठ दाज्यू चिबुन तर्फ जाउ। र बाक्कु दाईज्यूको लागि दुबै जना आधारस्तम्भ बन्। त्यसको केहि क्षणमा नै शिन्दोईन सामाको आत्मा क्योदोईन सामासँग जोडिन प्रस्थान गरयो।जुलाई १६ मा केबल एक बर्ष पहिलाको कुरा हो। शिन्दोईन सामा गाढा नीलो रंगको किमोनो र आमाको काठको चप्पल लगाएर हस्पिटल प्रस्थान गर्नु भयो। र खुशीसाथ भन्नु भयो।" फेरि भेटौला जब म फर्केर आउनेछु।" अहिले उनी आफ्नो स्कूले पोशाकमा घर फर्किएको छ। उनको छेउमै रातभर जाग्राम बसेर एउटा पिताको रुपमा मैले आफ्नो भनाईहरु राखे। " यूची तिमी अन्त्यमा घर फर्कियौ। हामी सगै रातभर जागानै बस्यौ जब तिमीलाई सन्चो थिएन। जब तिमी बिरामी थियौ। धर्म संकटका बिषय निप्टाउनमानै म ब्यस्त थिए। र मैले साच्चिनै तिम्रो निम्ति केहि गर्न सकिन। तर आजको रात, म सिङ्गो रात तिम्रो साथमा रहेर बिताउनेछु। एउटा पिता र पुत्रको रुपमा हामीले हाम्रा ह्रदयका कुराहरु गरयौ। आत्मा देखि आत्माको सञ्चार गर्दे। शिन्चोजीमा जुलाई ४ तारिखका दिन शिन्दोईन सामाको अन्त्यष्टि गरियो। त्यो साँझ मानौ सम्पूर्ण कुरा गुमाएको जस्तो लाग्यो। मानिसहरुको एउटा समूह शिन्दोईन सामा हस्पिटलला भएको बेला स्वाराङ्कन गरिएको टेप सुन्नका लागि त्यहा जम्मा भयो।

जम्मा भएका मध्य जोशिन कुरियामाले पछि यस बारेमा लेख्नु भएको थियो।" अन्त्येष्टि पश्चात मानिसहरुको केहि समूह गएको बर्ष देखि हेरचार गर्दे आएका पाँच जना नर्सहरु सहित घर फर्किन अनिच्छुक देखिएका केहि अनुयायीहरु समेत क्योश्यूसामा सँगै सो टेप सुन्नका लागि जम्मा भए। हामीले शिन्दोईन सामाले बाचन गरेको गोरेज्यू मन्त्र सुनयौ। हामीले चिकित्सकीय उपकरणहरुको आवाज पनि सुन्यौ। ढाडमा सुई हाल्ने बेलामा यस्ले दुख्छ भन्ने खालको आवाज सुन्यौ। उहाले भनेको पनि सुन्यौ। यदि उहाले सुईको दुखाईको सिकायत गरयो भने उहा पर्याप्त मात्रामा आभारी हुन सक्नु हुन्नथ्यो। सबैजना भाबाबेशका साथ यसलाई सहेर रहनु भयो। कसरी उहाले बिनम्रतापूर्बक यस प्रकारको पीडालाई झेल्नु भएको थियो मानौ यो पनि उहाले तालिमको एउटा अंशको रुपमा लिनु भयो। जसै टेप उहाको खस्किदो अबस्थातिर प्रतिध्वनित भयो। केबल भारी श्वास प्रश्वास बन्द भएको बरफ चपाएको सुन्न सकिनथ्यो। क्योश्यू सामाका आखाहरु आशुले भरियो र नर्सहरुको मुहार तलतिर झुक्यो। अन्तिममा हामीले आफ्नो अन्तिम अबस्थामा पुग्न लागेको छोरा सँग कुरा गर्दे गरेको एउटी आमाकी आवाज सुन्यौ। " यूची तिमी चिवुन भएको स्थानतिर जादैछौ। तिम्रो पिता र म केबल यहा केहि दिनको लागि मात्र रहन्छौ।" आफू स्वंयमले अरु शब्दहरु ब्यक्त गर्न नसक्दै रोकिनु भयो। र सबै जना रुन थाल्नु भयो। जब म पटाङ्गीनी तर्फ गयौ। यो पहिलानै रातको ठीलो भैसकेको थियो। मैले उज्यालो जून र बर्षातका बादलहरु हेरे जो टाढा धकेलिदै थियो। एउटा चीसो साँझको हुरी बतासले झ्याउकीरीका आवाजहरुलाई डोरयाईरहेको थियो। निर्माणा सूत्रमा लेखिएको छ।" हरेक कुरा क्षणभंगुर छन्। देखा पर्नु र हराउनुको यो नियम हो। जब उदाउनु र अस्ताउनु नै श्रेष्ठ हुन्छन्। निर्माणाको स्थिरतानै खुशी हुन्।" यस कुराले यस्तो लाग्थ्यो। मानौ हुरी बतासहरुले महान र अपरिबर्तनिय सत्यतालाई सम्प्रेषण गरिरहेका छन्। जुन सत्यता मानबिय अस्तित्त्व भन्दा बाहिरका कुराहरु हुन्। तथापी निर्दयी सम्भबत देखा पर्नेछन्। जब हामी सत्यतासित सन्मुख हुन्छौ। त्यस बेला हामीसँग स्वीकार गर्नु भन्दा अरु छनौटको अबशर हुने छैन्।

No comments: