Tuesday, June 28, 2011

Death of Kyodoin Sama

क्योदोईन सामाको मूत्यु।
जब हामीले February 1936 मा यस सद् मार्गमा प्रबेश गरयौ। हाम्रा प्यारा सुपुत्र क्योदोईन सामा जम्मा २ बर्षको बालक हुनुहुन्थ्यो। भौतिक दृष्टिकोणबाट हेर्दा हामीले शुरुवात गरेको हाम्रो आध्यात्मिक जीबन शुष्क र एकलासको निरशपूर्ण थियो। तर क्योदोईन सामाको निर्दोष मुस्कान र मायालु ईशाराले हाम्रो जीबन एउटा अखण्ड ज्योति र तापबाट सिञ्चित थियो। साथमा एउटा निर्दोष बालकको रुपमा रहेता पनि उहाले पहिलानै उल्लेखनीय अन्तरदृष्टिका चमकहरु प्रर्दशन गर्नु भएको थियो। भगबान बुद्धका ह्रदयलाई अनुयायीहरु माँझ प्रष्फुटन गराउनु भएको थियो। र उनीहरुलाई ज्ञानका आँखा उर्घान मद्धत गर्नु भएको थियो। ती दिनहरुको सम्झना यसरी उल्लेख गर्न सकिन्छ। अहिले आध्यात्मिक मार्ग निर्देशकले आबश्यक अन्तदृष्टि हामीलाई उपलब्ध गराउदछ। जसलाई हामीले प्रायश बुझेका पनि हुदैनौ। तथापी, शुरुवातकालमा हामीलाई कुन बाटोमा जाने हो त्यसको ज्ञान थिएन। त्यस बेला, म चीसो पानीमा स्नान गर्ने जल समाधि साधना र काधमा मैनबत्ति बाल्ने अग्नि प्रज्वलन साधना गर्दथे। र सोज्यूशिनइन सामासँग एउटा मार्ग निर्देशकको रुपमा कार्य गर्दथे। त्यस बेलासम्म म ध्यानको समाधिमा लीन हुन्थे जुन बेलासम्म मैले भगबान बुद्धका सदिच्छालाई पालना गरिरहेको छु भन्ने अनुभूति गर्दिनथिए। हाम्रो अभ्यास प्रायश: रातदिन नै जारी रहन्थ्यो। त्यस कारण हामीले हाम्रा साना दुई सुपुत्रहरुलाई पर्याप्त समय दिन सक्दिनथिए। उहाहरुलाई श्रीमति मुसु र मात्सुमोतोले स्याहार्नुहुन्थ्यो। सानै भएतापनि हाम्रा दुई सन्तानले आफूले सके जति सहयोग गर्नु हुन्थ्यो। कलिलो बालक भएता पनि क्योदोईन सामा आध्यात्मिकरुपमा बरदान प्राप्त ब्यक्ति हुनुहुन्थ्यो। जब घरमा कुनै भक्तजन सेस्सिन लिन स्वार्थ-केन्द्रित मन लिएर आउनुहुन्थ्यो। क्योदोईन सामा सोहीबेला चिडचिडिनु हुन्थ्यो। र आफ्नी आमा सोज्यूशिनइन सामाको पाउमा लटपटिनु हुन्थ्यो ताकि उहाले त्यस प्रकारको स्वार्थी भक्तजनलाई सहयोग पुरयाउन नसकोस। तथापी जब भक्तजनले क्योदोईनको ब्यबहारबाट आफू गलत रहेको महशूस गर्नु हुन्थ्यो। क्योदोईन तुरुन्त आफ्नी आमाको पाउबाट टाढिनु हुन्थ्यो र एक्लै खेल्न थाल्नु हुन्थ्यो। यस प्रकारका अनेकन घटनाहरु पश्चात भक्तजनहरुले उनीहरुको दिमागी ढाँचा क्योदोईनको ब्यबहारमा प्रतिबिम्बित भएको अनुभब गर्नु भयो। आफ्नी आमाको साथ क्योदोईन सामाले आफू परलोक हुनु भन्दा अघि सम्म भक्तजनहरुलाई आध्यात्मिक मार्गमा लागि पडन मार्गनिर्देशन गरिरहनु भयो। यसकारण धेरै बर्षपछि उहाको जेष्ठ दाजु सिन्दोइन सामाको दहाबसान पश्चात मैले क्योदोइन सामालाई क्योदोईनको धार्मिक उपाधि प्रदान गरे। जसको शाब्दिक अर्थ हुन्छ। " एउटा ब्यक्ति जसले शिक्षामा सवार हुन मार्ग निर्देशन गराउदछ। " म सँग क्योदोईनका धेरै प्यारा सम्झनाहरु छन्। उनी हाम्रा गहना थिए। म आज पर्यन्त उहालाई मेरो दिमागको नजरबाट हेर्न सक्छु। February महिना देखि June महिना सम्म एउटा सद् मार्गको स्थापना गर्नका निमित्त हामीले कठिन बौद्ध तालिमलाई नियमितता दिइरहयौ। जब June ९ मा क्योदोईनको मूत्यु भयो। यो समय शिन्योएनको ईतिहास र हाम्रो आफ्नै ब्ययक्तिक जीबन दुबैका निम्ति सारै पीडादायी रहयो। आज, शिन्योएनका सदस्यहरु भन्नु हुन्छ क्योदोईन सामाको मृत्यु भगबान बुद्धको करुणा, कृपा र अगाध लक्ष्यको नतिजाको निम्ति थियो। आज क्योदोईन बितेको ४० बर्ष पश्चात यो मूत्युको घटना स्वीकार्न एउटा सामान्य तथ्य जतिकै लाग्छ। तर त्यस बेलामा कोहि पनि, हामीहरु समेतलाई ह्रदयको गहिराईबाट त्यसलाई स्वीकार्न कठिन थियो। सोज्यूशिनइन सामा र मैले त्यसलाई स्वीकार्न कति संघर्ष गरयौ, कति प्रताडित रहनु परयो। धर्मको मार्गमा सवार हुन सम्पूर्ण कुरा त्यागेको ४ महिना पश्चातनै हामीले प्यारा आफ्ना सुपुत्र गुमाउनु परयो। त्यसबेला शोज्यूसिनइन सामाले एउटी आमाको रुपमा स्वीकारेको पीडामिश्रित बिलौना यसरी गर्नु भएको थियो।
• के ‍बुद्ध यति दयाहिन रहन सक्छ?
• के बुद्धका मार्ग यति कठोर रहन सक्छ?
• त्यसो भए बुद्धको करुणा र दया के हो त?

No comments: