Saturday, May 28, 2011

सहमति

शत्ता, शक्ति र सर्बोच्चताका निम्ति मुलुकलाई बन्धक बनाउने वहानाबाट राष्ट्रलाई मुक्त तल्याउनु पर्दछ। सहमति, सहकार्य र एकताको शान्तिबादी सूत्रबाट सबैले जीत हात पार्दछ। जनआन्दोलने अनुमोदित गरेका मान्यता र मूल्यले सार्थकता प्राप्त गर्दछ। जनप्रतिनिधित्त्वको साँझा थलो बिधायक संसदको इज्जत र सम्मानले मात्र लोकतन्त्रले जीबन्तता प्राप्त गर्दछ। यस बिषयको गम्भिरताबाट जति जति नेता र दल सम्बेदित हुन्छ त्यति त्यति सहमतिको स्वरहरु मुखरित हुन सक्दछ। बामपन्थी उग्रता र दक्षिणपन्थी जडताबाट आजको राजनीतिलाई अलग तुल्याउनु पर्दछ। बल, बन्दुक र बासी बिचारबाट समकालीन समिकरणलाई भिन्न तुल्याउनु पर्दछ। झलनाथको काधबाट निशाना साध्ने प्रचण्डको दोहोरो चाल र खेलबाट यो गतिरोधलाई किनारा लगाउनु पर्दछ। सडकमा राजतन्त्र पुर्नस्थापित तुल्याउन तमसेका डेट एक्सपायर कमल थापाको हुति र मतिलाई गतिलो झापट दिनु पर्दछ। भ्रम, भ्रान्तिबाट अलग रहेर सहकार्यको सूत्रमा सबैजना आबद्ध हुनै पर्दछ। जन आन्दोलनले अनुमोदित गरेका मूल्य र मान्यता प्रति सबैको सम्मानको निम्ति सार्थक साथको निर्माण गर्नु पर्दछ। शान्ति र संबिधानलाई एकसाथ समान प्रार्थमिकता प्रदान गरेर, चुनाबबाट निर्मित जनादेशप्रति सबैले सम्मान गरेर, जन भाबना र चाहना बमोजिम आफूलाई सुधार गरेर,हात हतियार र बन्दुकबाट मोहभंग गरेरनै आजको गत्यारोधको अन्त्य हुन्छ। यसैमा सबैको जीत छ। नेपाल र नेपालीको हितमा छ।

No comments: