Saturday, December 17, 2011

साँझेदारीको एउटा सुखद सुत्र

गएको सेम्टेम्बर महिनाको ३० तारिखमा कोरियाको सियोलमा कोरिया एक्सचेन्ज बैकसँगको बिधिबत संझौता पश्चात आफूले कमाएको पसिनाको कमाई नेपालस्थित आफन्तलाई पढाउन नेपालीहरुले ब्योहर्नु परेको सकस र समस्याको निदानको निम्ति श्रमिक रेमिेटले जुन बिधि र प्रबिधिको प्रयोग गरेको छ सो बाट एउटा युगान्तकारी योगदान पुगेको कुरामा दुई मत हुन सक्दैन भन्ने कुराको हामी गर्बका साथ ठोकुवा त्यहा रहेका नेपालीहरुको मुहारमा प्रतिबिम्बित हर्षानुभूतिको भाबबाट हामी मजाले गर्न सक्छौ। नेपाली रेमिट्यान्स उध्योगमा सर्बदा भिन्न सोच र खोजले सुसज्जित रहेर कार्यरत श्रमिक रेमिटको निम्ति यो एउटा गर्बको सुन्दर साक्षी हो। यसका निम्ति बिगत १ बर्षदेखि जुराएको अभ्यास र कोशिसप्रति गर्बानुभूति गर्दछु। र प्रत्यक्ष, अप्रत्यक्षरुपमा यसमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु। श्रमिकहरु श्रमको स्वामी मात्र होईन आफ्नो भबिष्य स्याहार्ने माली पनि हो भन्ने हाम्रो बिश्वास झन बलियो भएको छ। जो जहा छ उनीहरुसँगै हातेमालो गर्दै, साँझेदारी गर्दै सहयात्रा गर्ने श्रमिक सोचप्रति सबैको सहमति, सहयोग र सहभागिताको निम्ति हार्दिक आब्ह्रान गर्दछु।

No comments: