Tuesday, March 26, 2013

सहकार्यको एउटा सुन्दर राजमार्ग

बिगत केहि महिनादेखि म बिप्रेषणको उत्पादनशिलताको सम्बन्धमा आफ्ना सोचलाई सार्थक आकार दिने सन्दर्भमा घोत्लिरहेको छु। राष्ट्रिय अर्थतन्त्रको सञ्जिबनी शक्तिको रुपमा रहेको रेमिट्यान्स प्रार्थमिकताको पात्र कहिल्यै भएन। नेता र नीति निर्माताको निम्ति बौद्धिक बिलासको बिषय र गरिखाने श्रमिकको निम्ति जिन्दगी गुजार्ने आश्रयको रुपमा मात्र रेमिट्यान्सको उच्चारण हुनु भनेको सबैको निम्ति प्रत्युपादक हुन जान्छ। बेलैमा यस्को ठेगान लगाउन सकिएन भने नेपाल आर्थिकरुपमा पूर्णरुपमा पराश्रित र सामाजिक रुपमा बिश्रङखलित हुन जान सक्ने खतरा बिध्यमान रहेको छ। यस बिषय र आसयलाई राष्ट्रिय बहसको रुपमा उच्चारण गरि सार्बजनिक अभियाननै चलाउनु आजको आबश्यकता हो। रेमिट्यान्स प्रबाहको आकडा र आकार ओकलेर गर्ब गर्ने योजना आयोग र राष्ट्र बैकका अर्थबिदहरु, संजाल र सम्पर्कको धरातल नापेर बिजयी भाबमा रमाउने एनआरएने अगुवाहरु, बिदेशी भूमिमा बलिया बाङगा तन्देरीहरु निर्यात गरेर रकमको बिटामा हास्ने बैदेशिक रोजगार ब्यबसायीहरु, रगतको आशु चुहाएर पढाएका रेमिट्यान्सको स्वादमा आफ्नो रहर र शौख पुरा गर्ने आफन्त र घर परिबारहरु, जिन्दगीको सबै भन्दा उर्बर काल बिदेशी भूमिमा खर्चेर पसिना बगाउने प्रबासी श्रमिकहरु सबैले एकसाथ रेमिट्यान्सको आबश्यकता र आौचित्यको सम्बन्धमा एकाकार भई सगै उभिनु पर्दछ। बिषयको गम्भिरतालाई आत्मासात गर्दे सहकार्यको एउटा सुन्दर राजमार्ग निकट भबिष्यमै उदघाटित तुल्याउन जोतिएको छु। 

No comments: