Saturday, February 28, 2015

Global Chiwan Network An Introduction

  • Global Chitwan Network An Brief Introduction

चितवनको गरिमा र गौरबलाई भूगोलको जुनकुनै कुनामा भए पनि सदा सर्बदा अर्चना र बन्दना गर्ने प्रयासको एउटा साझा प्रस्तुति हो ग्लोबल चितवन नेटबर्क। बिशुद्ध सामाजिक सोच र खोजबाट प्रेरित रहेर यस संजालको सूत्रपात गरिएको छ। चितवन जिल्लामा जन्मी हुर्केका नेपाली जो सशरिर आज चितबनको भूमिमा उपस्थित छैनन। आफ्नो थात थलोको स्मृति र सम्बृदिका लागि प्रत्येक चितवनबासीको एउटा सार्थक सारथी बन्ने खोज र सोचको साँझा वौतारी हो ग्लोबल चितवन नेटवर्क। मूलत यसले आफ्ना प्रारम्भिक प्रस्ताबना यस प्रकारले रेखाङकन गरेको छ।
Objectives of GCN
 1)   चितवनको गौरब र गरिमाको प्रसार प्रचार गर्ने। 
2) चितवन जिल्लाको बृहत्तर बिकास र बिस्तारका निम्ति सम्भाब्य क्षेत्रहरुको उत्खनन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा लबिङ गर्ने। 
3)  चितबन जिल्लामा जन्मी हुर्केका वा अन्यत्र स्थलबाट बसाई सराई आई स्थायी बसोबास गरेका चितवन तथा चितबन बाहिर रहेका जिल्लाबासीका बीच मित्रता र भाईचाराको सम्बन्ध बिकास गर्ने।
4) दलगत, जातिगत र रंगगत पूर्बाग्रह भन्दा माथि उठेर चितवन जिल्लाको समग्र बिकासका निम्ति बहस, पैरबी र अभियान संचालन गर्ने।
 5)  बैदेशिक रोजगार र ब्यबसायमा संलग्न रहेका प्रबासी चितवनबासीका बीच सम्पर्क सूत्रको रुपमा अघि बढने।
 6)  मुलुकको हर क्षेत्रमा चितवनको अस्तित्व र औचित्यलाई प्रभाबकारी ढंगबाट स्थापित तुल्याउने। 
Thematic Areas of GCN
1) मित्रता र एेक्यबद्धता
2) चितवनको बिकास र बिस्तार

No comments: