Wednesday, June 21, 2017

मुग्लिङ हाईवे हस्पिटल
अबधाराणा पत्र।
अबस्था र आबश्यकता:
नेपाल अधिराज्यकै सर्बाधिक सडक दुर्घटनाको कारण जनधनको  क्षति हुने प्रमुख राजमार्ग नारायणगढ-मुग्लिङ र मुग्लिङ-फिस्लिङ सडक खण्डको केन्द्रबिन्दुमा पर्ने मुग्लिङ बजारमा आकस्मिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने प्रयास स्वरुप सामुदायिक स्तरमा मुग्लिङ राजमार्ग अस्पताल संचालन गरिने छ। मुग्लिङ बजार भई आवत जावत गर्ने सडक यात्री र स्थानिय सेवाग्राहीलाई लक्षित गरी बिशेषज्ञ सेवा सहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढाएको यो परियोजना सहकारी लगानी मोडेलमा संचालन गरिनेछ। सामान्य स्वास्थ्य केन्द्र समेत नभएको सो क्षेत्रका स्थानिय बासिन्दाहरु सामान्य स्वास्थ्य उपचार सुबिधाको लागि समेत ३६ किलोमीटर टाढा भरतपुर वा ११० किलोमीटर टाढा काठमाण्डौ पुग्नु पर्ने दुखद बाध्यतामा रहनु परेको छ। दैनिक जसो सरदर ४, ५ वटा सडक दुर्घटनाका कारण घाईते हुने सडक यात्रीहरुले आकस्मिकरुपमा पाउनु पर्ने उपचारसेवाको अभाबको कारण अकालमा मूत्यु बरण गर्नु परेको कहालीलाग्दो दुखद स्थिति आज पर्यन्त ज्यूका त्यू हुनु सर्बाधिक पीडाको रुपमा रहेको छ। नौबिसे देखि मुग्लिङ र मुग्लिङ देखि नारायणगढ सम्मको नेपालकै सर्बाधिक सवारी साधनहरु गुडने प्रमुख राजमार्गको १२६ किलोमीटर दूरी रहेको राजमार्ग क्षेत्रमा एउटा पनि सुबिधा सम्पन्न अस्पताल नहुनुले लाखौ स्थानिय सेवाग्राही र दैनिक जसो सो राजमार्ग भई आवत जावत गर्ने हजारौ सडक यात्रीहरुले भोगिरहनु परेको असुबिधालाई ध्यानमा राखी अत्याधुनिक सेवा सुबिधाले सुसज्जित बिशेषज्ञ सेवा सहितको आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने गरी राजमार्ग अस्पतालको रुपमा मुग्लिङ राजमार्ग अस्पताल संचालन गरिनेछ। उपचारसेवाबाट बंञ्चित जनताहरुको स्वास्थ्य सेवा प्राप्तिको नैसर्गिक हक अधिकारको रक्षाको लागि सुपथ शुल्कमा सेवा प्रदान गर्ने लक्ष्यका साथ यसले आफ्ना गतिबिधिहरु केन्द्रित गर्नेछन।
बिषय र बिशेषता:
 नेपाल अधिराज्यकै सर्बाधिक ब्यस्त सडक मार्गको रुपमा परिचित पृथ्बीराजमार्ग र नारायणगढ-मुग्लिङ राजमार्गमा सडक दुर्घटनाका कारण हुने घाईते हुने  यात्रीहरुलाई  आकस्मिक स्वास्थ्य सुबिधा प्रदान गर्ने मूल उद्देश्यबाट प्रेरित रहेर बिशेषज्ञ सेवा सुबिधा सहितको अत्याधुनिक हस्पिटलको रुपमा संचालन गरिनेछ। सडक दुर्घटनाका कारण घाईते हुने यात्रीहरुको स्वास्थ्य उपचारका साथ चितवन जिल्लाको दारेचोक, काउले, चण्डिभन्ज्याङ, कबिलास, दाहखानी गाबिस, धादिङ जिल्लाको जोगिमारा, बेनीघाट गाबिस, गोर्खा जिल्लाको मनकामना, मकैसिङ, ताङलिङचोक, भूम्लिचोक, घ्याल्चोक गाबिस, तँन्हू जिल्लाको आबुखैरेनी नगरपालिका र देबघाट गाबिसका जनताहरुलाई प्रत्यक्ष स्वास्थ्य सुबिधा प्राप्त हुनेछ। यस हस्पिटलको बिशेषता यस प्रकार रहनेछन।
·         बिषय लक्षित नेपालको पहिलो हाईवे हस्पिटल।
·         बिरामी मैत्री हस्पिटल।
·         रोड ट्राफिक भिक्टिम्सको बिषयमा स्थलगत अध्यन अनुसन्धान सुबिधा सहितको स्वास्थ्य संस्था।
·         राष्ट्रिय तथा अन्तराष्टिय हस्पिटलसँग पार्टनरशिपमा ईन्टरशिप र अन द जब ट्रेनिङ सेन्टर सहितको कनेक्टिङ हस्पिटल।
·         सामुदायिक स्वास्थ्य सेवा बिषयमा अनुसन्धान केन्द्र।
·         सरकारी तथा निजी अस्पतालको चिकित्सक एबं स्वास्थ्यकर्मीहरुको लागि आबाशिय सुबिधा सहितको घुम्ती तालिमको ब्यबस्था।
·         जनसहभागितामा आधारित संचालन प्रणाली।
·         सदस्यता केन्द्रित संचालन संरचना।
सेवा र सुबिधा:
सडक दुर्घटनाका कारण हुने घाईतेहरुलाई आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने मूल लक्ष्यका साथ सामुदायिक उपचार सेवाका अन्य नियमित सुबिधाहरु संगै प्रवाह गरिनेछ। सो सेवा प्रवाहका निम्ति आबश्यक उपचारात्मक सेवा तथा सुबिधाहरुलाई क्रंमश: उन्नत तुल्याउदै बिशिष्टताले लैश अध्याधुनिक स्वास्थ्य संस्थाको रुपमा बिकसित गरिनेछ।
कार्ययोजना र कार्यदिशा:
बिशेषज्ञ सेवा सहितको अत्याधुनिक उपचार सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको रुपमा संचालन गरिने मुग्लिङ हाईवे हस्पिटलको भबिष्यको कार्य योजना निम्मानुसार प्रस्ताबित गरिएको छ।
·         नेपालको कुनै टिचिङ हस्पिटलको कनेक्टिङ हस्पिटलको रुपमा सेवा प्रारम्भ गर्ने।
·         क्रंमश: सेवा तथा सुबिधा बिस्तार गर्दे ५० शैय्याको अस्पतालको रुपमा बिकास गर्ने।
·         Nursing College को अध्यापन सुबिधा सहितको स्वास्थ्य संस्थाको रुपमा संचालन गर्ने।
·         गोर्खा, तँन्हू, चितवन, लमजुङ, धादिङ जिल्लाका सरकारी डाक्टर तथा स्वास्थ्यक्रमीहरुको लागि On the job training  र Internship  center को रुपमा बिकसित गरिनेछ।
·         सामुदायिक स्वास्थ्य क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट सघन अनुसन्धान गर्ने श्रोत केन्द्रको रुपमा बिकास गरिनेछ।
·         हाईवे ट्राफिक भिक्टिमस् रियाबिलेसन सेन्टरको स्थापना गर्ने।

पहिलो चरण: सामान्य चिकिस्ता सेवाले सुसज्जित १५ शैय्याको अस्पिटलको रुपमा सेवा प्रारम्भ गरिनेछ।
दोश्रो चरण: नेपालको ख्यातिप्राप्त टिचिङ हस्पिटलको कनेक्टिङ हस्पिटलको रुपमा बिशेषज्ञ सेवा सहितको ट्रमा सेन्टर ( दुर्घटना पीडितको लागि आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने हस्पिटल ) को रुपमा बिकास गरिनेछ।
तेश्रो चरण: स्टाफ नर्स तथा स्वास्थ्य सहायक स्तरको स्वास्थय जनशक्ति उत्पादन गर्ने हस्पिटलको रुपमा बिकसित गरिदै टिचिङ हस्पिटलको रुपमा बिस्तार गरिनेछ।
सहभागिता र सदस्यता:
स्वास्थ्य सेवा प्रवाह गर्ने सहकारी संस्था मातहात संचालन गरिने यस हस्पिटलमा सहकारीको बिधानलाई स्वीकार गर्ने नेपाली नागरिकलाई शेयर सदस्यताको निम्ति अबशर प्रदान गरिनेछ। १००० प्रति कित्ता भएको कम्तिमा १०० कित्ता शेयर लिने ब्यक्तिलाई संथापक सेयर सदस्यता प्रदान गरिनेछ।
सेयर सदस्यलाई सहुलियत र सुबिधा:
सेयर सदस्यलाई प्रदान गरिने सहुलियत र सुबिधा निम्नानुसार रहनेछ।
·         मुग्लिङ हाईवे हस्पिटलले प्रदान गर्ने सेवा तथा सुबिधामा सेयर सदस्य, निजको पति वा पत्नि र दुई छोरा छोरीलाई २० प्रतिशत  छुट।
·         बर्षको एक पटक गरिने होल वडी चेकअपमा ३० प्रतिशत छुट।
·         मुग्लिङ हाईवे हस्पिटलसँग संझौता भएको काठमाण्डौ, भरतपुर र पोखरामा अबस्थित हस्पिटल र मेडिकल कलेजहरुमा सेयर सदस्यलाई बिशेष छुट र बिरामी जाचको ब्यबस्था भएको प्रिभिलेज कार्डको ब्यबस्था।
·         सेयर सदस्यलाई २ लाख सम्मको दुर्घटना बीमा र १ लाख सम्मको बीमाको ब्यबस्था।
·         सेयर सदस्यलाई गम्भिर प्रकृतिको रोग लागी उपचार गर्नु परेमा रु २०,००० वा सेयर मूल्यको १५ प्रतिशत सम्म सहयोगको ब्यबस्था।
·         कलेजद्धारा संचालित गरिने स्टाफ नर्स कलेजमा भर्ना र मासिक शुल्कमा १० प्रतिशत छुटको ब्यबस्था।
·         काठमाण्डौ र भरतपुर स्थित हस्पिटलहरुमा स्वास्थ्य जाच तथा हस्पिटल भर्नाको लागि सहयोग पुरयाउन  " सर्भिस सेन्टर " को ब्यबस्था।
·         सेयर सदस्यका उत्कृष्ट बिध्यार्थीहरुलाई काठमाण्डौ र भरतपुरस्थित प्रतिष्ठित कलेजहरुमा छात्रबृत्तिको बिशेष प्रबन्ध।
थप सूचना र श्रोतको लागि कृपया सम्पर्क गर्नुहोस।
सम्पर्क।
आर बी लामा
अध्यक्ष।
मुग्लिङ हाईवे हस्पिटल
Tell: +977-056-540045
Viber: 9817237237
www. muglinghighwayhospital.org
Follow us: facebook/muglinghighwayhospital



No comments: