Saturday, December 21, 2019


झरी।
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि
छिन छिनमा किन यो रुवाबासी कालाम्मे गगनमा झन कालो पोती
निर्थुक्क भिजेका बैश बोकी बित्थामा गर्छौ कति यताउती
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि
घायल कायल रहरको रहमा उम्लाई राखेर बूँद बूँदको यो प्यास
बर्षौ एकनाससँग बाधी राखेको साईनोभरि जोगाउ कति यो सास
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि
नील गगनमा मदहोस यो तनमा तिम्रो न्यानो स्पर्शको यो पदचाप
जोबनभरि जोगाई राखेको जोश भरि आउन आउन तिमी चुपचाप
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि
निस्लोट सँग निदाएका मेरा अर्धमूर्छित चाह झन झन बढाई
यो कस्तो प्यास हो, यो कस्तो आस हो बिना प्यालाको नसा चढाई
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि।
रोजी हिडु कता, खोजी हिडु कता यो दर्के झरी बाधा छ यता
मन्द महक, चर्को चहक पस्की किन प्यास बढाउछौ कबिता
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि।


No comments: