Saturday, October 8, 2022

आलु रोपेर स्याउ खान खोज्ने हामीहरु।

 

निरन्तर संगठन र सेवामा समर्पित भएका, निष्ठा र निरन्तरताका साथ सदैब संघर्ष र संकटका कठिन घडीमा भिडेका तर परम आदरणिय नेता शेर बहादुर तर परम आदरणिय नेता शेखर कोइरालाको लिस्टमा नअटेका केहि अभागी आंकाक्षीहरुको रोदन र आक्रोश मिश्रित अभिब्यक्ति देख्दा दया उत्पन्न हुन्छ। बाह्रै महिना नेताको दैलोमा जधौ गर्न नपुग्नेहरु, नाता र सम्बन्धको फेर समातेर दलाली धन्दा गर्न नजान्नेहरु, बिटा बुझाउन र ठिटा जुराउन नसक्ने कुनै कांग्रेसीहरु कहा नेताको नजर र लिस्टको शिरानमा पर्छन र हजूर ? ( माफ गर्नुहोला केहि सीमित अपबादहरु होलान ) कांग्रेसको मौजुदा प्रतिनिधित्व प्रणाली ( क्रियाशिल सदस्यता छनौट, महाधिबेशन प्रतिनिधि र केन्द्रीय नेतृत्वको छनौट गर्ने तौर तरिका ), संरचनात्मक बनौट, सांगठनिक शैली, संस्कृति र प्रबृत्ति बिद्यमान रहुन्जेल परिबर्तन र रुपान्तरणको आस गर्नु भनेको आलु रोपेर स्याउ खान खोज्नु बराबरनै मानिन्छ। महाधिबेशनको मुखमा बुरुक बुरुक पुस्तान्तरण र रुपान्तरणको गगनभेदी नारा उरालेर उपल्लो पदमा पुगेका केहि थान केन्द्रीय ठिटाहरुले कम्तिमा यो कुरा त बुझ्नु पर्ने हो। बित्थामा आलु रोपेर स्याउ खान खोज्ने अन्धो जमातलाई के दोष दिनु र खै?

No comments: