Saturday, July 8, 2023

 आरोपित हुदैमा अपराधी हुदैन।

·       राम बहादुर लामा

ललिता निबास प्रकरणले अहिले सबैको ध्यान खिचेको छ। अपराधमा संम्लग्न ब्यक्तिलाई आरोप प्रमाणित भए पश्चात अपराध अनुसार दण्ड जरिबाना र सजाय हुनुपर्दछ भन्ने कुरामा कसैको दुई मत हुनै सक्दैन। तर आरोपित रहदै अनुसन्धान चल्दैमा आफूलाई मन नपरेका आरोपित जति सबै अपराधी हुन, उनका ब्यबसायिक तथा ब्यक्तिगत मान, प्रतिष्ठा र कीर्तित्वलाई धुलोपीठो पारी गिराउनु पर्दछ पर्दछ भन्ने प्रकारको अतिबादी सोच सही होईन। खास गरेर भाटभटेनी सुपरमार्केटका संचालक मीन बहादुर गुरुङ र उनको सुपर मार्केट चेन स्टोर उपर लक्षित आक्रमण र दृश्य अदृश्य कोणबाट कायम गराउन खोजेको गलत बिश्लेषणबाट नेपाली समाजमा एक मूल प्रश्न खडा भएको छ। भूईतहबाट संघर्ष गर्दे आफ्नै बलबुतामा ब्यबसायिक घरानाको उचाई छुन सफल एक साधरण नेपालीको संर्घष र उनको सफलताको गाथालाई नकारात्मक नजर र पाखानै लगाउनु पर्ने पाराले ब्यबहार गर्न थालेको देख्दा नेपाली समाजमा गलत भाष्यको निर्माण गर्न खोजेको त होईन भन्ने शंका हुन्छ। खास गरेर सामाजिक संजालमा ब्यस्त नया पुस्ता, पौरख र पौरखीलाई शत्रु देख्ने शासकको तलुवा चटुवा भुईफुट्टा बर्ग, सबै राम्रा कुराहरु नराम्रै देखिन्छन भन्ने मान्यता बोक्ने परजीबी बुद्धिजीबीहरु यस मामिलाम बढीनै नकारात्मक र निन्दक देखिन्छन। कल्पना गरौ के मार्क जुगरबर्ग कुनै बलात्कार काण्डमा मुछियो भन्दैमा उनले खडा गरेको फेसबुक काम नलाग्ने रद्धीको कबाडी ठहरिन्छ? के ज्याक मा कुनै करकाण्डमा दण्डित भयो भने उनले तयार पारेको अलिबाबा निकाम्मा मान्न मिल्छ? के एलन मस्क कुनै आर्थिक घोटलामा संलग्न देखियो भने उनले चलाएको टेस्ला कम्पनी काम लगाग्ने पत्रु कागजको थुप्रो मान्न मिल्छ? प्रश्नहरु सहजै सोझिन्छ। ब्यक्ति र उनले खडा गरेका  कर्पौरेट ईन्टिटि ( ब्यबसायिक संस्था ) फरक कुराहरु हुन। ब्यक्ति एउटा जैबिक सिर्जना हुन भने ब्यबसायिक भौतिक सिर्जना हुन। यिनका आधारभूत कुराहरुनै भिन्न र फरक हुन्छन। त्यसैले त कर्पोरेट कर्पोरेशनहरु बैधानिक आचारसंहिता र सस्थागत नीति र बिधिमा संचालित र बिकसित गरिएका हुन्छन। अहिले भाटभटेनी सुपरमार्केटको संचालक पक्राउ पर्देमा भाटभटेनी सुपर मार्कटको ब्यबसायिक भबिष्य उपरनै ग्रहण लाग्यो भन्न मिल्दैन। भाटभटेनी सपरमार्केटले नेपाली अर्थतन्त्रको बिकास र बिस्तारमा पुरयाएको योगदानलाई कम आक्न मिल्दैन। एकथरी धमिलो पानीमा माछा मार्न उद्यत अबशरबादी निन्दक ब्यापारीहरु भाटभटेनी सुपर मार्केटलाई बजारबाट  बिस्थापन पार्न सके आफ्नो बर्चस्ब कायम गर्न सकिन्छ कि भन्ने ताकमा जोखना हेरेर बजार हल्लालाई झन बढी उत्तेजित तुल्याउन खोजेको पाईन्छ। मीन बहादुर गुरुङलाई मात्र होईन उनको ब्यबसायमा प्रत्यक्ष संलग्न परिबारका अन्य सदस्यहरुलाई समेत मुछेर यो काण्डलाई भाटभटेनी सुपर मार्केटको भौतिक अस्तित्वको नाम निशान मिट्ने मशानघाटको रुपमा कसरी बिकसित गर्न सकिन्छ भन्ने ध्याउन्नामा दौडेको समेत पाईन्छ। भाट भटेनी सुपर मार्कटको ब्यबसायिक सफलताको गाथा केबल मीन बहादुर गुरुङको मात्र सफलताको मान्न सकिदैन। सो चेन सुपर मार्कटमा कार्यरत हजारौ श्रमिक, तिनका आश्रित परिबार, सामान सप्लाई गर्ने भेण्डर, उत्पादक र किनमेलमा सरिक लाखौ उपभोक्ताहरुको पनि सफलता हो। राज्यलाई करौडौ कर तिर्न सक्षम बनाउन भाट भटेनीलाई बिभिन्न कोणबाट साथ र सहयोग दिने सरकारी संयन्त्र, ऋण पत्याएका बैकको पनि सफलता हो। भाट भटेनी जस्तै सुपर मार्केटको ब्यबसाय पछ्याएका यो मुलुकका हजारौ नबप्रबेशी उद्यमीहरुको पनि सफलता हो। पर परदेशबाट पनि भाट भटेनीको सफलता देखेर प्रेरित र प्रभाबित हुने लाखौ प्रबासी नेपालीले बुन्ने अनगिन्ती सपनाहरुको पनि सफलता हो। एउटा काण्डमा आरोपित रहदैमा भाटभटेनी उपर बनीबनाउ रुपमा बुन्न लागेको आरोप र सत्तो सरापले यो सफलताको अन्त्य गराउने यत्न कसैले गर्न हुदैन। भला भोली यो मुद्धाको किनार अबश्यमय लाग्नेनै छ। यसो भनिरहदा म मीन बहादुर गुरुङ शुद्ध हुन वा छन भनेर जिकिर पनि गर्दिन, वा उनी दोषी हुनै सक्दैन भनेर एकल जिरिह पनि गर्दिन। यी सबै पहलूको सत्य तथ्यको अन्तिम फैसला गर्ने न्यायमूर्तिहरुको बिबेकप्रति मेरो अटल बिश्वास छदैछ। तर पौरखी कर्मबीरहरुलाई सत्तो सराप गर्ने, धनी जति सबै भ्रष्ट र दोषीनै हुन्छन भन्ने निर्माण गर्न खोजिएको गलत भाष्य र चलनको भने म कट्टर बिरोधी भने छु, रहीरहनेछु।  एउटै सडकमा एउटै समयमा सगै हिडेका मर्सिडिज कारमा सबार बिनोद चौधरी चाहि खत्तम, स्कुटरमा बत्तेका गल्फ रिटर्नी बिनोद नेपाली चाहि असल मान्ने प्रचलनले हामीलाई सही बाटोमा पुरयाउदैन भन्न मात्र खोजेको हुँ। भला हामी त्यही दृश्य देखेर अरुलाई बताउदा नकारात्मक सन्देश जाने गरी ब्याख्या गर्छौ तर स्वंय आफूले ग्रहण गर्दा चाहि काश म पनि बिनोद चौधरी जस्तै बन्न पाए भन्ने भाबले रोमाञ्चित हुन्छौ। यस्तो डबल स्टाण्डर्ड सोच त्यात्न जरुरी देख्छु। भाट भटेनी सुपर मार्केट स्वंय संचालक नहुदा निजनका हकदारले बा निजका ब्यबसायी अंशियारले अघि बढाउलानै। संस्थागत सुशासनको स्थापित मूल्य र मान्यता अनुरुपनै। यसो पनि गर्न सकिएन भने यति सफल र लाखौ ग्राहकको भर र भरोसा जिस्त सफल सुपर मार्कट स्वंय ती  लाखौ ग्राहकहरुलेनै खरिद गरेर कम्पनी मातहात  संचालन पनि गर्लान। सवाल सो संस्थाको संचालन होईन, गलत भाष्य निर्माण गर्न उद्यत मौकाबादी र क्षणिक उत्तेजनामा रमाउने प्रबृत्तिको अन्त्यको हो, नेपाली उद्यमशिलता बिकासमा एउटा मानक खडा गरेका भाटभटेनीको कीर्तित्व र पौरखको संरक्षण र सम्मानको पनि हो।  

Email: info2rblama@gmail.com

No comments: