Thursday, November 25, 2010

यात्राको एउटा सूत्र

बेथितिको बेबारिसे बर्तमान बाच्दै गर्दा पनि, भाग्यले भकुरेर भाग्दै हिड्दा पनि यो कर्कश भीडमा, यो कहालिदो क्षणमा पनि आशाको उज्जायो उर्जा सञ्चारित तुल्याउन सकिन्छ भन्ने बिश्वासका साथ बाँचेको छु। त्यसैले त हरेक समस्याले साथ साथ एउटा सुबर्ण अबशरको स्रोत पनि सङगै लिएर आएको हुन्छ भन्ने सत् लाई स्वीकारेर प्रयन्तको एउटा पालुवा उमारेको छु। प्रष्ट गनतब्यको एउटा अभिब्यक्तिलाई अङ्गालेको छु। नँया सोच र खोजको एउटा ब्यबसायिक रेखाचित्रलाई मूर्तता दिएको छु। कुरा काटेर दश दिशातिर कुदनु भन्दा, सपना साचेर पागल भाउमा आफूलाई बेच्नु भन्दा सानै भए पनि, थोरै भए पनि नँया शुरुवातको ढोका खोल्यो भने अबश्य पनि हामीले सुखद भबिष्यको स्वादलाई स्वीकार्न पाउछौ। जोश, जागर र जागरणमा आफ्नो उर्जा र बयलाई प्रगेल्न सक्छौ। यस दिशा तर्फ मैले आफ्नो शुरुवातलाई सङगालेको छु। यसको बृहद सम्भाबनाको स्रोतलाई आत्मासात गरेको छु। हिजो आलोचनाको आगो लगाउनेहरु, हिजो शत्रु झै आक्रमणमा तम्सनेहरु बोलीमा बोली मिसाउन आएको पाउदा हर्षित हुन्छु म। मेरो पौरख र गौरबप्रति नतमस्तक हुन्छु म। सकारात्मक सोच र खोजप्रति मेरो समर्पणको नतिजा हो यो। यसलाई यझ अनबरत उर्जाको एउटा स्रोत मानेर आफूलाई क्रियाशिल तुल्याउनु छ। चुनौती र अबशरलाई एकसाथ स्वीकारेर पाइला अघि चाल्नु छ।

No comments: