शुरुमै रिसानी माफी चाहन्छु। सत्ता, शक्ति र सरकारको चक्करमा आफ्ना इमान, जबान र सम्मान गुमाउनेहरुको भीडमा नंया नेपाल बनाउछु भनेर बाचा बन्धनमा राजधानी हानिएका हाम्रा हितैषीहरुको यो कोलाहलमा म भने १४ घण्टे लोडशेडिङ्को कैदी भएर तिम्रो यादमा केहि कोरिरहेको छु, बिर्सेर भागी हिड्ने जाली सँग फेरि साथ खोज्न थालेको छु। फेरि हात माग्न चाहेको छु।
" बिहानीको शितल शीतहरुमा तिम्रो सुन्दरता चोखाएर, पूर्ण कदकी माँदक जूनका किरणहरुमा तिम्रो सुगन्धलाई सिङ्गारेर,पहाडी झरनाको कोमल गर्जनहरुलाई तिम्रो रुपमा लिपेर मलाई भने किन किन तिम्रो स्पर्शमा हिउ झै पग्लिन मन लागेको छ। हिमाल झै चुलिन चाहेको छ। साथ दिन्छौ भने, प्रीत लाउछौ भने समयका सारा सिमानाहरु भत्काएर, औपचारिकताका सारा बन्धनहरु मिल्काएर यो बैश, यो बय सबै तिमीमा अर्पित छ,तिम्रो नाममा यो जिन्दगी उपस्थित छ।"
Thursday, February 10, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment