Thursday, June 18, 2015

शिन्योएन संघ प्रमुख परम पूजनिय शिन्यो केईस्यूसामाको सम्बोधन।

नेपालमा गएको महाभूकम्पमा परी जीबन गुमाउनु परेका नेपालीहरुको आत्माको चीर शान्तिको लागि शिन्योएनको मुख्य मन्दिरमा मे १५, २०१५ मा आयोजित बिशेष पूजा ( होयो ) मा संघ प्रमुख शिन्यो केईस्यूसामाले दिनु भएको धर्म देशना।
सबैलाई धन्यबाद।
सबैलाई उपस्थितिको लागि र गोहोसीमा समय दिनु भएकोमा धेरै धेरै धन्यबाद। हामीले भर्खरै सद् गुण हस्तान्तरण समारोह सम्पन्न गरयौ जसलाई हामी हरेक महिना भक्तजनहरुको अनुरोध अनुसार भक्तजनहरुको लागि र जो यस संसारबाट बिदा लिएर गएका छन तिनीहरुको आत्माको सान्त्वनाका लागि आध्यात्मिक सद् गुण हस्तान्तरणका निम्ति सम्पन्न गर्ने गरिन्छ।
यस बेला हामीले आफ्ना केहि नियमित प्रार्थनाहरुका साथ हामीले हालै नेपालमा गएको महाभूकम्प पीडितहरुका निम्ति सद् गुण हस्तान्तरण प्रार्थनाहरु अर्पित गरयौ। हामीले भर्खरै नेपाल र नेपालका छिमेकी देशहरुमा भूकम्पका कारण ज्यान गुमाएका असंख्य मानिसहरुका निम्ति सान्त्वना प्रार्थनाहरु अर्पण गरयौ।
र त्यहा त्यसका बाबजुत पनि ज्यान जोगाएका मानिसहरु छन तर तिनीहरुको जीबन नराम्रोसँग बिथोलिएका छन र उनीहरु त्यस्ता भीषण बिपतका बीचमा पनि आफ्नो जीबनलाई अघि बढाउने कोसिस गरिरहेका छन। तिनीहरुका निम्ति जसले आफ्ना परिबारका सदस्य गुमाए र दुखको एउटा गहिरो खाडलमा निस्सासिएका छन। हाम्रो आध्यात्मिक समुदायले हामीले सक्ने जति सहायता र मद्त उनीहरुलाई चाडो पुर्नस्थापना र सहज होस भन्ने सदिच्छाका साथ पुयराईरहेका छौ। पहिलो र महत्वपूर्ण कुरा हामीले आज के चाहेका छौ भने आजको दिन सद् गुण हस्तान्तरण हुने दिनको रुपमा रहोस र ओगेन केन्द्रमा र अन्य बिभिन्न मन्दिरहरुमा हामीले अर्पित गरेका  सबै हाम्रा बिनम्र प्रार्थनाहरु एककृत होउन र ओयासोनोमा जोडिन पुगुन। म तपाईहरुको बिनम्र प्रार्थनाका लागि एकदमै आभारी छु। धन्यबाद।

हामी एकसाथ अब तुरुन्तै हाम्रा प्रार्थनाहरुलाई अर्पण गर्नेछौ। तर म तपाईहरुले सजिलोसँग प्रतिक्षा गरेको मन पराउदछु। कृपया सजिलोसँग बस्नुहोस।

म तपाईहरुलाई अझ बढता औपचारिकतासँग बस्न अनुरोध गर्न जादैछु र तपाईको हातहरुलाई गास्सोको मूद्रामा राख्न अनुरोध गर्दछु। कृपया आनन्दित रहनुहोस। हाम्रो सदिच्छा भनेको राष्ट्रिय सीमानाहरु भन्दा टाढा रहेर सर्ब शास्वत आचार्य शिन्जो, तोमोजी, क्योदोईन र शिन्दोईनका मुक्तिदायी सहायताहरु फैलिउन भन्ने हो। यो हाम्रो बिनम्र सदिच्छा र प्रार्थनाहरु मार्फत सम्भब हुन्छ र जसलाई यसको खाचो छ यी मुक्तिदायी सहायताहरु तिनीहरु समक्ष पुग्नेछन। यो नै हामीसँग उपलब्ध शिक्षाको एक प्रकार हो। र तपाईको बिनम्र गुण हस्तान्तरणको असलपना तपाईमा पुन फर्किएर आउनेछन। तर हामीले अरुहरुका निम्ति यो सोचेर प्रार्थना गर्नुहुदैन कि बदलामा हामीले केहि पाउन। यसको बिपरित यो हाम्रो पबित्र र बिशेष ईच्छा हो की यो सद् गुण हस्तान्तरण ती आत्माहरु समक्ष पुग्नेछन तर तिनीहरु अचम्मित हुनेछन। “ किन यी मानिसहरु जो फरक संस्कृतिका छन, जो फरक भाषा बोल्दछन, जो फरक पोशाक लगाउछन र फरक जीबनशैली छन र जो संसारका फरक स्थानबाट आएका छन। र यिनीहरुले हामीहरुका निम्ति किन प्रार्थना गर्देछन र हामीसँग किन आफ्ना ह्रदयलाई फैलाईरहेका छन। र उनीहरु तपाईप्रति एकदमै आभारी र कृतज्ञ भएको हुनु पर्दछ।
अप्रिल २५ मा जापामा समेत एउटा ठूलो भूकम्प आएको थियो। तथापी हामीले सदाको झै यसलाई नियमितरुपमा अनुभूत गरयौ। हामी अझै अरुका निम्ति प्रार्थना गर्न सक्छौ। र जब हामी हाम्रो बिश्वासलाई शिन्यो अभिभाबक र दुई दोजीमा राख्न सक्छौ त्यसबेला हर परिस्थितिहरु सहज हुनेछन। यसले स्वंयमा एउटा उद्धार प्रदान गर्नछन जसलाई अन्तत हामीले सहजै अनुभूत गर्दछौ। के यो बिशेष होईन र हामी यसका निम्ति आभारी हुने? बिगतमा मैले काठमान्डौ नेपालको भ्रमण गरेको थिए। यो एउटा बोद्धमार्गीको मुलुक हो र त्यहाका मानिसहरु सारै दयालु छन। एकदमै दयालु। शुरुवातबाटनै उनीहरुले सजिलै शिन्यो शिक्षालाई बुझ्न सके। र त्यसबेला देखिनै यस शिक्षाका बीजहरु झाङगिए। यो साच्चिकै अचम्मित प्रकारको थियो। यो बर्षको मे ९ मा तोमोजीमा समर्पित ओगेन उत्सब रहेको थियो। र त्यसको ठीक पछि हामीले एउटा लालीगुरासको बिरुवालाई ईटोईन भबनको बगैचामा रोप्यौ। तपाई सम्झनुहुन्छ होला फूलसित खिचिएको उहाको फोटो र आचार्य शिन्जोले त्यो फोटोलाई “ शोज्यूशिनको अन्तिम मुस्कान “ भनेर नामाकरण गर्नु भएको थियो।

हामीले त्यो असली बोटबाट काटिएको भागलाई प्राप्त गरयौ र त्यसलाई ईटोईन बगैचामा भर्खरै रोप्यौ। र यो लालीगुरास फूल नेपालको राष्ट्रिय फूल बन्यो। फूलको भाषामा लाँलीगुरासको अर्थ हो हाम्रो स्बभिमान। यसले यो महशूस गराउदछ कि हरेक कुरा जोडिएका छन। र यो सबै शिन्यो अभिभाबकको शोज्यूको यात्रा, आध्यात्मिक सद् भाब र आलिङगनको यात्रासित शुरु भयो। जब तिनीहरुले तोमोजीलाई बगैचा अगाडि होटेलमा फोटो खिच्न अनुरोध गरयो। शुरुवातमा तोमोजीले अस्वीकार गर्नु भयो। “ भो तपाईलाई मेरो फोटो खिच्न जरुरत छैन।“

हामीले त्यो बोटबाट एउटा भाग प्राप्त गरयौ। र उहाको १०९ औ जन्मजयन्ती मनायौ। मे ७ मा हामीले यस बगैचामा त्यसलाई रोप्यौ। साच्चिनै यो एउटा अचम्मको कुरा हो। र यो फूल नेपालको हो। र यो स्वभिमान र एकताको सन्देश हो। त्यसैले सबै आध्यात्मिकरुपमा जोडिएका छन। र आध्यात्मिक चमत्कारको कार्यसँग जोडिएका छन। फूल अर्पण गर्ने दुई ब्यक्तिहरु नेपालबाट आएका हुन। पुरष ब्यक्ति चाही जापानमा पढदै गरेको बिद्यार्थी हुन।  उनले यस शिक्षाको अभ्यास गरिरहेका छन। उनले शिन्योएनमा एउटा बिध्यार्थीको रात्री रक्षकको रुपमा गोहोसी गरिरहेका छन।  यस प्रकारले कोशिस गर्दै यस शिक्षामा धेरै मानिसहरुलाई मार्गनिर्देशित गरेका छन। अनेकन मानिसहरुमा उनले यस शिक्षालाई फैलाएका छन। महिला पनि नेपाली हुन तर जापानमा बसोबास गर्छिन।
उनीहरुले हाम्रा सबै प्रार्थनाकर्ताहरुको प्रतिनिधित्व गर्दे फूल अर्पण गरे। हामीले हाम्रा बिनम्र गुण हस्तान्तरण प्रार्थना केबल हाम्रा पूर्बजहरु प्रति मात्र अर्पण गर्न सक्ने मात्र होईन अन्य आत्माहरुलाई समेत अर्पण गर्न सक्छौ। हामी ती आत्माहरुको लागि समेत प्रार्थना गर्न सक्छौ। तथापी तिनीहरु जो यस मन्त्रसँग परिचित छैनन तिनीहरुले समेत उनीहरुका निम्ति गरिएका प्रार्थनाका निम्ति आभारी रहेको हुनु पर्दछ। र शिन्यो अभिभाबक र दुई दोजीहरुले उनीहरुलाई आफ्नो सर्बब्यापी उपस्थितिका साथ सहयोग पुरयाईरहेका छन। जब हामी आफ्ना साचो प्रार्थना अर्पण गर्छौ र त्यसो गर्दा एकदमै आभारी रहेको अनुभब गर्दछौ ।सो बेला हाम्रा बुद्ध स्वभाब चम्किन थाल्छ। कृपया यस प्रकारको ह्रदय र दिमागलाई आउदो पुस्ताका निम्ति हस्तान्तरित गर्नुहोस। कृपया शिन्योलाई फैलाउनुहोस। हामीसँग आफ्नो जीबन रहेका छन। बितेका मानिसहरुका निम्ति हामीले आफ्नो जीबन समर्पित तुल्याएका छौ। कृपया हामी सबैजनाले शिन्योलाई झन अझ बढी फैलाउनुहोस।

 जब तपाई नेपाल जानुहुन्छ। उनीहरु दुबै हत्केला एकसाथ गास्सो मूद्रामा भन्नेछन। “ नमस्ते “। जहा तपाई जानुहोस तपाईलाई उनीहरुले गास्सोको मूद्रामा नमस्तेको अभिबादन गर्नेछन। नमस्तेको अर्थ के हो त? मलाई बिश्वास छ यो गास्सो अथवा नामु जस्तै हो । धन्यबाद।

त्यसैले आज, हामी सबैजना भूउपग्रहबाट जोडिएका छौ। गोरेज्यू मन्त्र तीन पटक प्रार्थाना गर्न हामी चाहन्छौ। मैल सुने कि नेपालमा शिन्यो भक्तजनहरु नमस्तेको सट्टामा “ नामु शिन्यो “ भन्ने गर्दछन। त्यसैले हामी चाहन्छौ “ नामु शिन्यो “ पाँचपटक ती मृतक आत्माहरुको सान्त्वनाका लागि जप गरौ। ताकि तिनीहरुले शान्ति प्राप्त गरुन। र हामी तिनीहरुको लागि पनि प्रार्थाना गरौ जो यस महाभूकम्पबाट प्रभाबित भएका छन ताकी उनीहरु छिटो भन्दा छिटो पुर्नस्थापित हुन सकोस र भबिष्यका लागि एउटा सुखद आशाका साथ उनीहरुले पुर्ननिर्माण गर्नेछन। कृपया हामीसबैले गोरेज्यू तीन पटक र नामु शिन्यो पाँच पटक जप गर्नुहोस। तपाईले के सोचिराख्नु भएको छ?

ठीक छ? तपाईले मण्डपको केन्द्रमा एउटा काठको पाटी देख्नुहुन्छ जसमा लेखिएको छ। “ नेपालका सबै भूकम्प पीडितहरुका निम्ति हार्दिक गुण हस्तान्तरण “ । यो केबल नेपालका निम्ति मात्र होईन। नेपालका छिमेकी चीन र भारतका पीडितहरुका लागि समेत हो। तिनीहरु समेत यस प्रार्थनामा समाबेश भएका छन। मलाई लाग्छ हामीले समेत जापान पराकम्पनहरु महशूस गरेकाछौ। जब हामीले त्रिशरण बुद्ध, धर्म र संघ जप गर्छौ सो बेला मैले सबै आत्माहरु त्रिशरण, शिन्यो अभिभाबक र दुई दोजीमा प्राप्त गरे। ती सबै बुद्ध प्राणी हुन। भनिन्छ कि तिनीहरु सबैले त्यहा मुक्ति प्राप्त गर्नेछन। त्यसैले सबै आत्माहरु जो यहा आएका छन तिनीहरुका निम्ति  हामीले गोरेज्यू मन्त्र जप गरौ।
कृपया मलाई एउटा अर्को कुरा बताउन दिनुहोस। ती आत्माहरु जो यहा पहिलानै आएका थिए अरु आत्माहरुलाई भन्दै छन। “ मेरो हात समाउन आउ। तपाईसित मलाई राख्नुहोस। यहा यहा। उनीहरुले यसो भनेका छन। केहि आत्माहरु अरु आत्माहरुलाई आफ्नो पाखुरामा बोकेका छन। र अरु केहिले तिनीहरुलाई आफ्नो काथमा बोकेका छन। तिनीहरु साच्चिनै यहा आएका छन। त्यसैले कृपया गोरेज्यूलाई तीन पटक र नामु शिन्योलाई पाँच पटक उनीहरुका निम्ति जप गर्नुहोस। यसो गर्दा हामी त्यसपछी एक ह्रदयका साथ समाहित हुन सक्नेछौ।
अब हामी यसलाई पाठ गर्न जादैछौ। म प्रार्थाना गर्नेछु। परम पूजनिय हे शिन्यो अभिभाबक र दुई दोजी कृपया मृत आत्मा र पीडितहरुलाई मद्त पुरयाउनुहोस। कृपया तिनीहरुलाई शिन्यो अभिभाबकको सहायताका निम्ति फैलाउनुहोस। हामी तपाईसँग एक ह्रदयका साथ प्रार्थाना गर्नेछौ। कृपया अब हामी सबैले पाठ गरौ।
धन्यबाद। गोरेज्यू र नामु शिन्यो न्यानो तापले भरिएका छन। म एकदमै खुशी छु कि उनीहरुका निम्ति हामीले पाठ गरयौ। तर साचोरुपमा म बोलिरहेकी छुईन। शिन्यो अभिभाबक र दुई दोजीले आफ्ना सहायता हर दिशामा फैलाईरहेका छन। र मृतक आत्माहरु त्यहा पुगिरहेका छन। तिनीहरु एकदमै खुशी छन। म यसलाई प्रष्टसँग बुझ्न सक्छु। धन्यबाद। धेरै धेरै धन्यबाद। धन्यबाद।

 अन्य मन्दिरमा रहेका तपाईहरुले समेत गोरेज्यू र नामु शिन्यो मन्त्र शिन्यो अभिभाबक र दुई दोजीमा र आ-आफ्नो ह्रदयमा केन्द्रित गर्दै पाठ गर्नुभयो। मैले आफ्ना पूजा पाठ र बिशेष बिधिहरु लामो समयदेखि आध्यात्मिक संकायको सहायताद्धारा सम्पन्न गर्दे आईरहेकी छु। मैले एकदमै प्रष्टसँग देख्न सक्छु कि ती आत्माहरु पूर्ण खुशी छन। केहि कराईरहेका छन। उनीहरुले भनिरहेका छन कि उनीहरु एकदमै खुशी छन। र उनीहरुले अहिले के अनुभूत गरेका छन त्यसलाई अभिब्यक्त गर्न सक्दैनन। उनीहरु एकदमै खुशी भएको म अनुभब गर्न सक्दछु। आफ्नो पबित्र ह्रदयका साथ प्रार्थाना गर्नु भएकोमा तपाईलाई धेरै धन्यबाद। कृपया आफूले पाएको जीबनप्रति गौरबशाली महशूस गर्नुहोस। र एउटा आशाबादी भबिष्यमा शिन्यो शिक्षासित जोडिनु होस। कृपया यसो गर्नुहोस। म निश्चित छु कि ती आत्माहरुल समेत यसो भन्नेछन। धन्यबाद।

No comments: